nirwachan-aayog.jpg

काठमाडौं– पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । हिजो पुस ५ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्न सिफारिस गरेको थियो । उक्त निर्णयको बारे लिखित रुपमा जानकारी गराउन स्थायी कमिटी सदस्य लीलामणि पोखरेल आज सोमबार दिउँसो निर्वाचन आयोग पुग्नु भएको थियो । अध्यक्ष ओलीमाथि पार्टीले कारवाही गर्ने गरी गरेको निर्णयको प्रतिलिपि बुझाएको नेता पोखरेलले जानकारी दिनु भएको छ ।

आइतबार स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाहीको सिफारिस गर्दै भोलि ७ गते मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको थियो । तर ओली समुहले कसैले कारवाही प्रधानमन्त्रीलाई कसैले कारबाही गर्न नसक्ने बताएका छन् ।