nmb-bank 2077.jpg

काठमाडौं– एनएमबी बैंकले आफ्नो शेयरधनीहरुलाई १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागिएको बैंकले जनाएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित ३.२० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको हिजो पुस ५ गते बसेको सञ्चालक समितिको ४१२ औं बैठकले उक्त निर्णय गरेको हो । उक्त बैंकको चुक्त पुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९ सय ६६ रुपैयाँ रहेको छ ।