samsad building 2077.jpg

काठमाडौं– फुटको घोषणाहुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका निर्वतमान सांसदहरुको बैठक नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद् भवनको लोत्से हलमा सुरुभएको छ नेकपा नेतृ पूर्णकुमारी सुवेदीले जानकारी दिनुभएको छ । यो बैठकमा जम्मा भएका सांसद्हरुलाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । उक्त बैठकलाई संसदीय दलको बैठक भनिएकोछ ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद् विघटित गरिसकेकोले यो अवस्थामा कसरी प्रस्तुत हुने र आगामी रणनीति के हुने भन्ने बारेमा व्यापक छलफल हुने निर्वतमान सांसद सुवेदीले जानकारी दिनु भयो । पार्टीले अध्यक्ष रहेका ओलीलाई कारवाही गर्ने निर्णय समेत गरिसकेको छ ।