prachanda photo 2077.jpg

काठमाडौं– पार्टी विभाजनको सङ्घारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिका कारण पार्टीको एकतामा कुनै असर नपर्ने’ बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले आज विहान एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, पश्चगामी र स्वेच्छाचारी भन्दै नेकपा स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष समेत रहेका केपी ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरिएको जानकारी गराउनु भएको छ ।

वक्तव्यमा ‘ कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकताका तात्विक असर पर्ने छैन भन्दै ‘ कुनै एक व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने र त्यस्तो क्रियाकलापलाई भ्रामक प्रचारको सङ्ज्ञा दिइएको छ ।

अध्यक्ष प्रचण्डले ‘ जनताको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन रक्षा गर्नु नै अहिलेको ऐतिहासिक कार्यभार हो भन्दै राष्ट्रको समृचि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यको निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन र कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रामक प्रचारमा नपर्न विज्ञप्तिमार्फत् सबैलाई अपिल गर्नुभएको छ ।


NCP statement 2077.9.jpg