Dr Shekhar NC.jpg

नवसञ्चार संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेपछि नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला ‘संवैधानिक कु’ को सङ्ज्ञा दिएका छन् । गृह जिल्लामा रहेका डा. कोइरालाले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आजको दिन ‘२०७७ पुस ५’ गतेलाई कालो दिवसका रुपमा मान्ने बताएका छन् । प्रधानमन्त्री ओलीले पार्टीभित्र अल्पमतमा रहेपछि चालेको संसद विघटनको कदम असंवैधानिक र अवैधानिक भएको कोइरालाको भनाइ छ । प्रधानमन्त्रीले गरेको सिफारिसका सम्बन्धमा राष्ट्रपतिले संविधानविदहरुका सार्थ विपक्षी दलसँग सरसल्लाह गरी अघि बढ्नु पर्नेमा उनले सुझाएका छन् ।

संसद विघटन भएसँगै संविधानतः अबको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने हुदाँ त्यसका लागि समेत कांग्रेस तयार अवस्थामा रहेको भन्दै उनले भने, ‘निर्वाचनबाट आफूहरु नभाग्ने भएपनि यो असंवैधानि कदमका विरुद्ध कांग्रेस विरोधमा उत्रने पनि बताएका छन् । दुईतिहाई सरकार समेत विघटनमा पुग्नुको पछाडि प्रधानमन्त्री जिम्मेवार रहेको बताउँदै उनले नेकपाभित्रको द्वन्द्वलाई सही रुपमा प्रधानमन्त्री ओलीले व्यवस्थापन नगरी संविधानमाथि आक्रमण गरेको कांग्रेस नेताको ठहर छ । दुई अध्यक्ष रहेको र तीनवर्ष अघि एक भएको पार्टीलाई व्यवस्थापन गर्न नसक्नु प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कमजोरी भएको समेत दावी गरेका छन् । संविधान विपरीत प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताएका नेता कोइरालाले संविधानको कुनैपनि धाराले ओलीलाई संसद विघटन गर्ने अधिकार नदिएको पनि उल्लेख गरेका छन् ।