baithak-mantriparishad.jpg

काठमाडौं — मन्त्री परिषद्को हिजो बसेको नेकपाको बैठकले दुईवटा निर्णय गरेको छ । पहिलो निर्णयमा प्रधानमन्त्रीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र दोस्रोमा विशेष अधिवेशन बोलाउने मागसहित राष्ट्रपतिलाई बुझाउन लागिएको निवेदन अगाडि नबढाउने पक्षमा विशेष छलफल भएको छ ।स्थायी समितिमा सो सहमतिसँग निवदेन बुझाउन गएका नेकपाका नेताहरु भीम रावल र पम्फा भुसाल फिर्ता भएका छन् । तर अध्यादेश भने अहिलेसम्म फिर्ता भएको छैन् ।

हुन त त्यही बैठकमा प्रधानमन्त्री केपी ओलीले अध्यादेशको बारेमा केही पनि बोलेका थिएनन् । तर बैठकपछि स्वयं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विण्णु रिमालले अध्यादेश फिर्ता गर्ने र सहमतिका आधारमा संवैधानिक परिषदमा नियुक्ति गर्ने सहमति भएको भन्दै ट्वीट गरेका थिए । सो सहति भएको भोलीपल्टै प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाएका हुन् । तर, पार्टीको दवाव र प्रधानन्यायधीशको रेल सिग्नलपछि प्रधानमन्त्री ब्याक भएका हुन् ।

यो भन्दा अगाडिको स्थायी समितिको बैठकको निर्णय कार्यान्वयन नभएपछि आज ःपुन संवैधानिक परिषदको बैठक बस्दैछ । नेकपाका एक नेताका अनुसार आजको बैठकमा सो अध्यादेशबारे प्रचण्ड र माधव नेपाल समूहले अर्काे आवाज उठाउने भएका छन् । तर, प्रधानमन्त्री भने स्थायी समितीमा प्रस्तुत भएका दुवै प्रतिवेदन फिर्ता भएमा मात्रै अध्यादेश फिर्ता गर्ने मुडमा पुगेका छन् ।