Prime minister KP Oli 2077.jpg

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादलाई व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः सङ्घीय संसद विघटन गर्ने निर्णय गरेका छन् । नेकपालाई प्राप्त बहुमतलाई सहिरुपमा सदुपयोग गर्न नसक्दा पार्टी भित्र ठूलो विवाद उत्पन्न भएको थियो । प्रधानमन्त्री ओलीको यो निर्णय नेकपाका लागि मात्र होइन उनको लागि समेत आत्मघाती हुने छ ।

प्रधानमन्त्री ओलिले सङ्घीय संंसद् विघटनको निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाएका छन् । प्रधानमन्त्री ओलीले हिजो राजनीतिक सक्रियता बढाएका थिए । जसमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए भने त्यस लगतै गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर बालुवाटार छिरे । साँझ प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास हानिएका थिए ।

प्रधानमन्त्री ओलीले हिजै आपूm निकट नेताहरुसँग छलफल गरी आज बिहान १०ः१५ बजे बालुवाटारमा आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाए थिए । आज बिहानै प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न राष्ट्रपति निवास पुगेका थिए ।