kmc.jpg

काठमाडौं – सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा पुस १८ गतेबाट सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै पुस १८, १९ र २० गते पिजीको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । यसअघि आयोगले असोज २७, २८ र २९ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतले असोज २२ गतेको अन्तरिम आदेश जारी गरेपछि परीक्षा स्थगित भएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताउनु भएको छ । कोरोनाभाइरस सङ्क्रमित परीक्षार्थीका लागि परीक्षा केन्द्रमा छुट्टै व्यवस्था गरिनुका साथै एमडिएस, एमफार्म, एमएससी, एमपीएस, एमएससी एमआइटी, एमएससी क्लिनिकल र मेडिकल बायोकेमिस्ट्री लगायतका परीक्षा भने पुस २० गतेबाट सञ्चालन हुनेछ ।