Final oli 2077.jpg

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा पुगेको बेला आफुमाथि सङ्कट देखिए पछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रचण्ड निवास खुमलटारमा पुग्नु भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डलाई फकाउन ओली खुमलटार पुग्नु भएका ओलीसहित कार्यकारी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच अहिले छलफल भैरहेको छ ।

हिजो पेरिसाडाँडामा कार्यकारी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरुले प्रदेश नं १ का आफु निकट जिल्ला नेता र कार्यकर्ताहरुलाई बोलाइ छलफल हुँदा त्यहाँ बामदेव गौतम सहभागी भएका थिएनन् । अहिले दुई अध्यक्षबीचको छलफलमा उपाध्यक्ष बामदेव गौतमलाई राखेर छलफल गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।