oli prachanda 2077.jpg

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएता पनि ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडाने लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका ओलिमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।

पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट बन्दै गएका हुन् । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उनलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।