सरकारले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनहरुमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाएको छ ।

सरकारले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनहरुमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाएको छ ।

सरकारले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनहरुमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाएको छ । स्थानीय प्रशासन र यातायात व्यवसायीबीच आज भएको सहमतिमा जोरबिजोर प्रणाली हटाएसँगै भोली शुक्रबारदेखि उपत्यकाका सडकहरुमा सबै सवारी साधनहरु चल्ने छन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत साउन २१ गते ४ महिनादेखि जोरबिजार प्रणाली लागू गरेको थियो । पछिल्लो समय यातायात व्यवसायी र मजदूरहरुको चर्को विरोधका कारण सरकारले भोलि शुक्रबारदेखि लागूहुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।

आज पुष २ गते दिउँसो जिल्ला प्रशासन कार्यालयमा प्रशासनका अधिकारी, यातायात व्यवस्था विभागका प्रतिनिधि सुरक्षा निकायका प्रतिनिधि, र यातायात व्यवसायी तथा यातायात मजदुरहरुका प्रतिनिधिहरुको संयुक्त बैठकले भोलि शुक्रबारदेखि सबै नम्बर प्लेटका सवारी साधनहरु सञ्चालन गर्ने सहमति भएको हो । नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीका अनुसार भोलिदेखि उपत्यकामा निर्वाध रुपमा सबै सवारी साधनहरु सञ्चालन हुने हुनेछन् । आज भएको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी गरेको स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरहरुले अनिवार्य रुपमा पालन गर्नुपर्नेछ ।

>
Praesent id libero id metus varius consectetur ac eget diam. Nulla felis nunc, consequat laoreet lacus id.
— Hope K.