नेपाली राजनीतिलाई नै तरङ्गित बनाएको अमेरिकी सहयोेग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को टुङ्गो नलागेता पनि सार्क राष्ट्र श्रीलङ्काले भने फिर्ता गरिदिएको छ ।

नेपाली राजनीतिलाई नै तरङ्गित बनाएको अमेरिकी सहयोेग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को टुङ्गो नलागेता पनि सार्क राष्ट्र श्रीलङ्काले भने फिर्ता गरिदिएको छ ।

काठमाडौं – नेपाली राजनीतिलाई नै तरङ्गित बनाएको अमेरिकी सहयोेग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को टुङ्गो नलागेता पनि सार्क राष्ट्र श्रीलङ्काले भने फिर्ता गरिदिएको छ । डिसेम्बर १५ तारिख (मङ्गलबार) का दिन अमेरिकाको राजधानी वासिङ्गटनमा भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलङ्कासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

श्रीलङ्काका लागि एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने उल्लेख थियो । उक्त रकम श्रीलङ्काको यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजनाहरु थिए । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलङ्कालाई पाँच वर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलङ्कन सरकारले त्यसमा हस्ताक्षर भने गरेको थिएन । परियोजना सन् २०१६ मै छनौट भए पनि काम भने अघि बढ्न सकेको थिएन । एमसीसी सहायता लिने नलिने सन्दर्भमा श्रीलङ्कामा लामै बहस भएको थियो । यसलाई विस्तृत अध्ययन गर्न त्यहाँको सरकारले चार सदस्यीय कमिटी नै गठन गरेको थियो । उक्त कमिटीले एमसीसी देशको हितमा नरहेको भन्दै सो अनुदान लिन नहुने भनि सरकारलाई सिफारिस गरेको थियो । तर डिसेम्बर १५ तारिख (मङ्गलबार) बसेको एमसीसीको बैठकले सियरा लियोनमा पाँच वर्ष परियोजनाका लागि अनुदान दिने निर्णय गरेको छ ।

नेपालमा पनि एमसीसी अनुदान लिने नलिने सन्र्दभमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो विवादभए पछि पूर्व प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन टोली गठन गरिएको थियो । उक्त टोलीले तयार गरेको प्रतिवेदन पार्टीलाई बुझाएका थिए ।