messi 10.jpg

स्पेनी ला लिगा फुटबल अन्तर्गत गए राती घरेलु मैदानमा भएको खेलमा बार्सिलिनाले रियल सोसिडाडलाई २–१ गोलको अन्तरले पराजित गरेको छ । सिर्लोनाका लागि जोर्डी अल्बा र फ्रेडी डी जोङ्गले गोल गरेका थिए । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गर्दै बार्सालाई पछि पारेका थिए । जोसले खोलको २७ औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए तापनि अन्तत बार्साले खेलमा फर्कर्दै रियललाई पछि पार्न सफल भयो ।

बार्सिलोनाका लागि ३१ औं मिनेटमा अल्बाले बराबरी गोल फर्काए । यसैगरी बार्साका लागि पहिलोङ्ग हामको ४३ औं मिनेटमा डी जोङ्गले गोल गर्दै जित सुनिस्चित बनाएका थिए । यो जितसँगै बार्साले १२ खेलबाट २० अङ्क जोड्दै पाँचौ स्थानमा पुगेको छ । बार्साकोे यो जितले एथ्लेटिको मड्रिड शीर्ष स्थानमा पुगेको छ । एथ्लेटिको मड्रिडले ११ खेल खेल्दा २६ अङ्क बटुलेको छ । दोस्रो स्थामा झरेको रियल सोेसिडाडको भने १४ खेलबाट २६ अङ्क छ ।