nepal-national-football-team Photo.jpeg

ढाका– एक वर्षको अन्तरालपछि आज नेपालले अन्तर्राष्ट्रिय फुलबल मैदानमा ओर्लंदै छ । आज नेपालले सार्क सदस्य राष्ट्र बङ्गलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै । नेपाली समय अनुसार आज शुक्रबार बेलुकी ४ः४५ मा बङ्गलादेशको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धाका लागि मैदानमा उत्रन लागेको हो । नेपालले विश्वकप छनोट प्रतियोगिता अन्तर्गत गत वर्षको मङ्सिर ३ाा गते कुवेतसँग प्रतिस्पर्धा गरेको थियो । जुन प्रतियोगितामा नेपाल १–० ले पराजित भएको थियो । त्यसयता नेपाले फुटबलको कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन पाएको थिएन ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल मात्र होइन विश्व खेलकुद जगत नै प्रभावित हुँदै आएको छ । यसले गर्दा नेपालका सबै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरु स्थगित हुन पुगेका थिए । यतिबेला नेपाल बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न एकसाता अघि बङ्गलादेश पुगेको थियो । नेपालले पहिलो खेल आज शुक्रबार खेल्ने छ भने अर्को खेल मङ्सिर २ गते मङ्गलबार खेल्ने छ ।

कोनारा भाइरसका कारण विश्व खेलकुद नै ठप्पप्रया भएको अवस्थामा केही महिना अघिमात्रै युरोपेली क्लबहरुले दर्शक बिना मैदानमा उत्रेरं प्रतियोगितालाई निरन्तरता दिंदै आएका छन् । तर दक्षिण एसियाली राष्ट्रहरुमा भने खेलकुद गतिविधि सून्य प्राय देखिएको अवस्थामा नेपाल र बङ्गगलादेशबीच हुन लागेको मैत्रीपूर्ण फुटबल खेलले खेलकुदलाई चलायमान बनाउन सक्ने अवस्थाको भने सिर्जना गरेको छ ।

कोरोना भाइरसको महामारीबीच खेलकुदमा फर्कन बङ्गलादेशले नेपालसँग मैत्रीपूर्ण खेलको प्रताव गरको थियो । यो प्रस्तावलाई नेपालले स्वीकार गरेपछि दुवै देशबीच आज शुक्रबार र मङ्सिर २ गते मङ्गलबार प्रतियोगिता खेल्ने मिति तय भएको हो । यी दुई टिम अन्तर्राष्ट्रिय फुटबलमा अन्तिमपटक साफ च्याम्पियनसिपका लागि सन् २०१८ को सेप्टेम्बरमा आमुन्नेसामुन्ने भएका थिए । जसमा नेपालले २–० गोलको अन्तरले बङ्गलादेशलाई पछि पारेर विजयको ताज पहिरिएको थियो ।