bus Axident Photo.jpg

धनगढी— दार्चुलाको गन्नाबाट महेन्द्रनगर हिंडेको पवनदून यातायातको बस दुर्घटना हुँदा ९ जना यात्रुको ज्यान गएको छ । ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा बैतडी डोगडाकेदार गाउँपालिका ६ का प्रहरी जवान रणबहादुर चन्द, कञ्चपुरस्थित भीमदत्त नगरपालिका ८ की कृतिका कार्की छन् भने ठेगाना नखुलेका जगन्नाथ ओझा, तारा गिरी, नरेन्द्र चौधरी, बिमल बडु छन् भने अन्य दुई जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका मध्ये एक जनाको शव डडेल्धुरा अस्पतालमा र बाँकीको शव बैतडीस्थित जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । उक्त बसमा कति जना यात्रु थिए भन्ने यकिन नभएको र अन्य ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुको उपचार डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने केही गम्भीर घाइतेहरुलाई धनगढी अस्पतालमा पढाइको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।