kag-tihar Photo.jpg

काठमाडौं— आज तिहारको पहिलो दिन, काग तिहार । दशैं पछिको ठूलो महान चाड तिहारलाई लिइन्छ । कागलाई आफ्नो भान्सामा पाकेको खानेकुरा खानदिएर कागको पूजा गर्ने चलन चलिआएको छ । अमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खानेकुरा खान दिएर पुजा गर्ने चलन नेपाली परम्परा हो । कागले यमराजसम्म राम्रो सन्देश पुर्याउने जनविश्वास छ ।

यो वर्ष मलमास परेका कारण पर धकेलिएको हरेक चाडलाई कोरोना सङ्क्रमणको महामारीले ठेस पुर्याएको छ । आफ्ना दाजुभाइ दिदीबहिनालाई भेट्न पनि कठिन बनाएको छ । दिदीबहिनी र दाजुभाईको विशेष चाड हो तिहार । आज काग तिहार यमपञ्चको पहिलो दिन हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आज एकै दिन परेको छ । तिथि घटबढ भएको कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैगरी कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । पञ्चाङ्ग समितिका अनुसार दिउँसो १ः५० बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने छ । सायम्कालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान छ । औंसी तिथिमा गरिने स्नान र दान भने कार्तिक ३० गते बिहान गर्नुपर्ने छ । गोवर्धन पूजा, म्ह पूजा भने कार्तिक ३० गर्न नेपाल पञ्चाङ्ग निणायक समितिले जनाएको छ ।