Bhim gautam.jpg

काठमाडौं– नेपाल सकारका पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीका नेता भीमप्रसाद गौतमको कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान २ः३० बजे निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका, पिप्ले निवासी गौतम १५ दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । निमोनियाबाट ग्रसित गौतमको उपचारपछि आफैं निवासमा आराम गर्दै आउनु भएको पारिवारिक स्रोत बनाएको छ ।

विगतमा नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय गौतम तनहुँ जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ भूमिसुधार तथा व्यवस्थामन्त्रीको जिम्मेवारी समेत बहन गर्नु भएका गौतम पछिल्लो समय जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईसँगै उक्त पार्टीमा लाग्नु भएको थियो । गौतमको आजै तनहुँको देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।