Hungkang Photo.jpg

यतिबेला हङकङको राजनीतिमा विवाद बल्झिएको छ । चीनले चार जना प्रजातन्त्रवादी सांसदहरुलाई पदबाट राजीनामा दिन बाध्य पारेको भन्दै त्यहाँका प्रजातन्त्रवादी सांसदहरुले सामुहिक राजीनामा दिएका छन् । सन् १९९७ मा बेलायत सरकारले हङकङ चीनलाई हस्तान्तरण गरेको थियो । चीनले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउने राजनीतिकर्मीहरुलाई बर्खास्त गर्न पाउने अधिकार सहितको नयाँ व्यवस्था बेइजिङ्गले पारित गरेको थियो । चार जना प्रजातन्त्रवादी सांसदहरुलाई दवाव दिएर राजीनामा दिन गराएको भन्दै हङकङका विपक्षी प्रजातान्त्रवादी सांसदहरुले सामुहिक राजीनामा दिएका हुन् । यो राजीनामा प्रकरणले हङकङको संसदमा पहिलो पटक विपक्षीकोे आवाज बिहीन भएको छ ।

सांसदको राजीनामा पछि डेमोक्र्याटिक पार्टीका अध्यक्ष वु ची–वाईले ‘ हामी अब विश्वलाई भन्न सक्छौं कि हामीसँग अझै पनि एक देश, दुई प्रणाली कायम रहेको छ । आधिकारिक रुपमै उक्त व्यवस्था मरेको छ’ भनेका छन् । हङकङ चीनकै भएकोले त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ ।

हङकङ लामो समय बेलायतको उपनिवेश बनेको थियो । सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेता पनि सन् २०४७ सम्म देश एउटै भए पनि दुई प्रणाली रहने भनेको थियो । हङकङको संसदमा ७० सिटमा १९ सिट प्रजातन्त्रवादी सांसदहरु रहेका छन् । उनीहरुमध्ये ४ जनालाई चीनको नयाँ नियमलाई टेकेर राजीनामा दिन लगाएर बर्खास्त गरिएको हो भन्ने आरोप सहित बाँकी १५ जना सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।