corona23.jpeg

काठमाडौं— आज मुलुकभर पछिल्लो २४ घण्टामा कोराना भाइरसको सङ्क्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोराना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ७४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणबाट २ हजार ५ सय ६१ जनामा कोराना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्यासँगै नेपालमा कोरानाबाट सङ्क्रमण हुनेको कुल सङ्ख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ भने कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको सङ्ख्या १ लाख ६२ हजार २ सय ४३ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनु भएको हो । आज १ हजार ६ सय ६६ जना कोराना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।