badijya bank.jpg

काठमाडौं —गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै तिहार बिदामा बैंकहरु नखोल्ने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घका प्रमुख कार्यकारी अधिकृतले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन दिन बैंकका शाखा नखुल्ने जानकारी दिनुभएको छ । हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र थप कर्मचारीमा पनि सङ्क्रमणको जोखिम देखिएकोले धेरै कारोबार नहुने अनुमान गर्दै वाणिज्य बैंकहरु बन्द गर्ने निर्णय गरेको हो । कात्तिक २९ देखि मंसिर १ गतेसम्म शाखा कार्यालयहरु बन्द भए पनि डिजिटल सेवाहरु भने सधैं खुला हुने संघले जनाएको छ । संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।