teaching hospital.jpg

काठमाडौं — त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ महिला र ४ जना पुरुषसहित ५ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी एक महिला रहेकी छिन भने अरु ४ जना पुरुष काठमाडौंका रहेका छन् । सिन्धुपाल्चोकको ७४ वर्षीय महिलामा किड्नीको समस्या रहेको थियो । त्यस्तै काठमाडौंका ६० वर्षीय पुरुषमा प्रेसर, सुगर तथा किड्नीको समस्या, अर्का ७६ वर्षीय पुरुषमा कोलेस्ट्रोलको समस्या, ६० वर्षीय पुरुषमा किड्नी र ५९ वर्षीय पुरुषमा दमको समस्या रहेको अस्पतालले बताएको छ ।