sun26.jpg

काठमाडौं — नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो एकैदिन ३ हजार ४ सय रुपैयाँ घटेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी १ हजार २ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।