corona death photo 2077.jpg

काठमाडौं— आज पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । यसै गरी आज २२ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ८ सय ५३ जनाले कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । आजको यो सङ्ख्यासँगै कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको सङ्ख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ भने आजसम्म नेपालमा १ हजार १ सय ४८ जनाको कोरोना भाइसरकै कारण मृत्युभएको छ । देशभर कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ३५ रहेको छ भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।