sun 25.jpg

काठमाडौं — नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन प्रतितोला तीन हजार चार सय रुपैयाँल गिरावट आएको छ । सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुन मङ्गलबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार हुन आईपुगेको छ । यस्तै आज महासङ्घले तेजाबी सुनको मूल्य ९४ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीे प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

कोरोनाका कारण लगानीका अन्य बजार प्रभावित हुँदा लगानीकर्ताहरु सुन बजार आएको र अब खोपको सुनिश्चिततासँगै सुनको लगानी प्रभावित बन्ने सुन चाँदी व्यवसायीहरुको भनाई छ । कोरोना बिरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको भन्ने सोमबारको अन्तर्राष्ट्रिय समाचारको प्रभाव सुन बजारमा परेको महासङ्घका महासचिवले जानकारी दिनुभएको छ । भ्याक्सिनको प्रभावकारिता थप बलियो देखियो भने सुन बजारबाट लगानीकर्ता बाहिरिने र छापावाल सुन प्रतितोला ८० हजार रुपैयाँसम्ममा आइपुग्ने सम्भावना रहेको व्यवसायीको भनाई छ ।