kamana bank.jpg

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैकले पहिलो त्रैमाससम्म २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिमा बैंकले गत वर्ष १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९ सय ७२ दशमलव ९५ प्रतिशतले नाफा कमाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी पनि २५ करोड १५ लाख ८७ हजार रुपैयाँबाट बढेर ३८ करोड १५ लाख ७० हजार रुपैयाँ पुगेको जनाएको छ । यस्तैगरी कामना सेवा विकास बैंकको सञ्चालन नाफा पनि २ करोड ६२ लाख ५१ हजार रुपैयाँबाट बढाएर ८ करोड ४९ लाख १६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ .तर खुद नाफामा अक्रामक वृद्धि हुनुको मुख्य कारण भने गैर सञ्चालन आम्दानी रहेको बताएको छ । गत वर्षको यसै अवधिसम्म ३ लाख ९२ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी यस वर्ष भने बढेर २० करोड ९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । कामना सेवाले ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा छ । यस्तै, प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६२ पैसा रहेको छ । कामना सेवाको खराब कर्जा पनि १ दशमलव ६१ प्रतिशत बाट बढेर २ दशमलव ६४ प्रतिशत पुगेको छ ।