corona death body PHOTO.jpg

विराटनगर— कोरोना भाइरसको सङ्क्रमणका कारण मोरङमा आज एकैदिन ९ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सुन्दरहरैंचा नगरपालिकाका १ जनाको घरमा र बाँकी ८ जना मध्ये नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगरमा २ जना र न्यूरो अस्पतालमा १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । देशभर कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्सँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।