काठमाडौं– त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ । ती पुरुषलाई निमोनिया भएको थियो । अस्पतालमा कोभिड निमोनियाको उपचार गराइरहेका काठमाडौंका ४९ वर्षीय पुरुषको निधन भएको अस्पतालले जनाएको छ । यस्तै रामेछापका २० वर्षीय युवकको डायबिटिजको समस्या भएकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कार्तिक १२ गते अस्पताल भर्ना भएका उनमा सुरुमा कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । छातिमा दाग, डायबिटिज र किड्नीमा समेत सामान्य समस्या देखिएकोले हिजो परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो कोरोना पोजेटिभ देखिएपछि कोभिड आइसियूमा राखेर उपचार गर्ने क्रममा उनको राति नै मृत्यु भएको हो ।