sun photo 24.jpg

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो छापावाला सुनको मूल्य तोलामा ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । भने तेजाबी सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँ थियो । सुनचाँदी व्यवसायीका अनुसार आज बजारमा छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।