Stock exchange Photo.jpg

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आज १२ दशमलव ४९ अङ्कले बढेर १ हजार ६ सय ४८ दशमलव ५८ अङ्कमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएकोे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ ।