Waiden Photo.jpg

बोस्टन (अमेरिका)– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ । नवनिर्वाचत राष्ट्रपति वाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । प्रधानमन्त्री ओलीले आज आइतबार बिहान ट्वीट गर्दै ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु’ भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने’ पनि उल्लेख गर्नुभएको छ । रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै निर्वाचित हुनुभएका ७८ वर्षीय वाइडेन अमेरिकाका लागि ४६ औं राष्ट्रपति बन्नुभएको छ भने उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति हुनुभएको छ ।