madrid club photo.jpg

स्पेनिस क्लब रियल माड्रिडका दुई खेलाडीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसरी सङ्क्रमित हुनेमा इडन हजार्ड र कासेमिरो हुन् । उनीहरु दुवै अहिले आइसोलेशनमा रहेको उक्त क्लबले जनाएको छ । बेल्जियनका फरवार्ड २९ वर्षे इडन र ब्राजिलका मिडफिल्डर २८ वर्षे कासेमिरोले आइतबार हुने भ्यालेन्सियासँगको खेल गुमाउने छन् । शुक्रबार गरिएको परीक्षणमा उनीहरुमा दुवै जनामा सङ्क्रमण पुष्टि भएको रियल म्याड्रिडले बताएको छ ।