corona 22.jpg

काठमाडौं– आज नेपालमा २ हजार ९ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ भने १८ जनाले मृत्युवरण गरेका छन् । यो सङ्ख्या सँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७० जना पुगेको छ । आज सङ्क्रमित भएका सहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज शुक्रबार ४ हजार ५ सय जनाले कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । यो सङ्ख्यासँगै कोरोना भाइरसलाई जितेर घर फर्किनेको सङ्ख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

आजको तथ्याङ्कअनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ९ सय ५ रहेको छ भने १ हजार २ सय ५४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी गराउनु भयो ।