prachanda_madhavnepal photo 1.jpg

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालयमा भरखरै सुरु भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डद्वारा बोलाइएको उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलका साथै अर्का अध्यक्ष केपी शर्मा ओली पक्षीय सचिवालय सदस्य प्रधानमन्त्री कार्यालयमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलको उपस्थिति रहेको छैन ।

नौ जना सदस्य रहेको पार्टी सचिवालयको आजको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता समेत रहेका नारायाणकाजी श्रेष्ठ गरी पाँच जनाको उपस्थित रहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री मन्त्रालयको काम विशेषले बैठकमा उपस्थित हुन नसकेको बताए पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार उहाँहरु बैठकमा सहभागी भएका छैनन् ।

बैठकले पार्टी भित्रदेखिएको समसामयिक विषयवस्तु र प्रधामन्त्रीसँग फेस गर्न आगामी रणनीति कस्तो बनाउने बारेमा छलफल हुँदैछ । आजको बैठक अनौपचारिक भएकाले यो बैठकबाट कुनै ठोस निर्णय नआउने देखिन्छ ।