Parliament--building photo.jpg

काठमाडौं– सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सङ्क्रमणको परीक्षण र सङ्क्रमितहरुको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्यमा बजेट अभाव भए अन्य क्षेत्रको बजेट कतौटी गरेर भए पनि जनताको स्वास्थ्य उपचार गर्न सुझाव सहितको निर्देशन दिएको समितिका एक सदस्यले बताए ।

समितिले निजी अस्पतालहरुले कोरोना भाइरस सङ्क्रमितहरुको उपचारमा महङ्गो शुल्क लिएको भन्ने गुनासाहरु सार्वजनिक भैरहेको भन्दै अनुगमन गर्न सरकारले तोकेको भन्दा अधिक शुल्क लिएको पाइएमा तुरुन्त कारवाही गर्न समेत सरकारलाई निर्देशन दिएको छ । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषय प्रति गम्भीर तोकिएको भत्ता समयमै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।