Prachanda-Madhav-Nepal.jpg

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक केहीबेर पछि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्दै छ । पार्टीमा उत्पन्न विवाद समाधान गर्न सचिवालयको बैठक बस्न पटक पटक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्दा ओलीले बैठक बस्न इन्कार गरेपछि आज कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ३ बजेको लागि सचिवालयको अनौपचारिक बैठकका लागि पदाधिकारीहरुलाई बोलाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले पार्टी बैठकले गरेको निर्णयहरुलाई पटक पटक लत्याउँदै आएका कारण पार्टीभित्रको समस्या ज्यूँका त्यूँ रहेको छ । पार्टीको विधि विधानलाई बेवास्ता गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली एकलौटी पाराले हिंडेको हुँदा पार्टीलाई नै बदनाम गराइरहेको पार्टी पङ्तिको विश्लेषण छ । सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा समेत अल्पमत रहेका अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउन इन्कार गर्दै आउनु भएको छ । आजको बैठकलाई बालुवाटरले गुटको भेलाको संज्ञा दिएको छ । आजको बैठकमा ओली निकट मानिने ईश्वर पोखरेल र विष्णु पौडेलको उपस्थित हुने छैन भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पर्ख र हेरको अवस्थामा रहेको स्रोतको भनाइ छ ।