bhim-rawal Photo.jpg

काठमाडौं – सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पार्टी सचिवालयका सदस्य समेत रहनुभएका पार्टी उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादललाई शीतल निवास बोलाएर नेकपा भित्रको विवाद समाधान गर्न एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको थियो ।यसै विषयलाई लिएर डा. रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उल्लङ्घन र स्थापित प्रणालीको अवज्ञा हो भन्दै आक्रोश व्यक्त गर्नुुभएको छ ।

स्थायी कमिटी सदस्य डा. रावलले —‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने बताउनु भएको छ ।’