USA  election 2020 photo.jpg

अमेरिका सम्पन्न हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणामको नतिजा नआउँदै अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका समर्थकहरुले एरिजोना राज्यको मतगणता स्थल बाहिर प्रदर्शन गरेका छन् । फोनिक्सस्थित कार्यालय बाहिर वर्तमान राष्ट्रपति ट्रम्पका समर्थहरुले एरिजोनमा डेमोक्र्याटका उम्मेदवारले जित्न सक्ने कुरालाई त्यहाँस्थित टेलिभिजन च्यानलहरुले बताएता पछि विरोध जनाएका छन् । स्थानीय समय अनुसार बुधबार राति सयौंको सङ्ख्यामा मारिकोपा काउन्टीको निर्वाचन कार्यालय अगाडि जम्मा भै प्रदर्शन गरको थिए । एरिजोनामा अहिले पनि मतगणना जारी छ । त्यहाँ राष्ट्रपतिका प्रत्यासी बाइडेनले अग्रता लिइरहेका छन् । त्यसैले राष्ट्रपति ट्रम्पका समर्थकहरुले धाँधली भएको आरोप लगाउँदै पुनःमतगणना गर्न माग गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यस अघि आपूmले अग्रता लिएको स्थानमा मत गणता रोक्न र बाइडेनको अग्रता रहेको ठाउँमा पुनःमतगणना गर्नुपर्ने बताएका थिए । राष्ट्रपति ट्रम्प र अर्का प्रत्यासीबीच तिब्र प्रतिस्पर्धा देखिएता पनि अन्तिममा बाइडेनले नै राष्ट्रपतिमा विजयी हुने बताइएको छ ।