gold 20.jpg

काठमाडौँ – सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा हिजोको तुलनामा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार तीन सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।