TU photo.jpg

काठमाडौं– कोराना भाइरस सङ्क्रमणको कारण पटक पटक रोकिंदै आएको देशकै सबैभन्दा पूरानो त्रिभूवन विश्वविद्यालयले सञ्चालन गर्न नयाँ नीति अवलम्बन गरेको छ । आफ्ना विद्यार्थीहरु जो जहाँ छन्, उनीहरुले आफुलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन सक्ने व्यवस्था गर्न लागिएको त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार डा.पेशल दाहालले जानकारी दिनुभएको छ ।

रजिष्ट्रार दाहालका अनुसार विद्यार्थीहरुले परीक्षा दिनका लागि अनलाइन फारमबाट तोकिएको परीक्षा केन्द्र रोज्न पाउने व्यवस्था गरिएको छ । विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय, बल्खुको वेवसाइटमा गएर त्रिविविले तोकेको परीक्षा केन्द्रमध्ये आपूmलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिन सक्ने छन् ।

अहिले देशमा सरकारले कुनै पनि निषेधाज्ञा र बन्दाबन्दीको घोषणा नगरेको त्रिविविले आगामी मङ्सिर दोस्रो सातादेखि परीक्षा लिने व्यवस्था मिलाउन लागेको हो । परीक्षा दिनका लागि आवश्यक पर्ने प्रवेश पत्र सम्बन्धित विद्यार्थीहरुले अनलाइनबाट लिन सक्ने छन् ।

त्रिविविले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यार्थीहरुको सुरक्षालाई ध्यान दिंदै भौतिक पूर्वाधार लगायतको व्यवस्था मिलाई परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । रजिस्ट्रार दाहालको अनुसार एक हप्ता भित्रै सबै परीक्षाका कार्यतालिका प्रकाशित हुनेछ । कोरोना भाइसर सङ्क्रमणको सन्त्रासका कारण गतचैतको पहिलो सातादेखि सञ्चालन गर्ने भनिएको परीक्षा रोकिंदै आएको थियो ।