COVID-19pic.jpg

काठमाडौं– आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ९ रहेको छ । देशका विभिन्न प्रयोगशालाहरुमा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ जना पुरुष र १ हजार ३ सय ४ जना महिलामा सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज पुष्टिभएको यो सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ८२ हजार ९ सय २३ जना पुगेको छ । यसरी सङ्क्रमित बढेसँग मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । आज ३० कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । नेपालमा आजसम्म कुल १ हजार ३४ ले ज्यान गुमाइसकेका छन् ।

देशभर सक्रिय सङ्क्रमित हुनेहरुको सङ्ख्या ३६ हजार ९ सय ११ छन् । जसमध्ये ३० हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपचारका निम्ति आइसीयुमा ३ सय ९७ जना र भेन्टिलेटरमा ७८ जनको रहेका छन् ।

आज उपत्यकामा मात्रै १ हजार ८ सय ७८ जनामा सङ्क्रमण पुष्टिभएको छ । जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै १ हजार ५ सय ७० जना ललितपुरमा १ सय ८९ जना र भक्तपुरमा १ सय १९ जना रहेका छन् । देशभर सङ्क्रमित हुनेहरुको कुल सङ्ख्यामध्ये उपत्यकामा मात्र ५० देखि ६० प्रतिशतसम्म हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।