Indian_Army chief manoj.jpg

काठमाडौं– भारतसँग चिसिएको सम्बन्धमा आइसबे्रकको सङ्कतका रुपमा काठमाडौंमा भारतीय अधिकारीहरुको सक्रियता बढ्न थालेको छ । कार्तिक ५ गते भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमु सामन्तकुमार गोयल नेपाल आएर प्रधानमन्त्री केपीशर्मा ओलीसँग झण्डै ३ घण्टा लामो वार्ता भएपछि नेपाली राजनीतिमा ठूलै हलचल पैदा गरेको छ ।

यसैबीच आज भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आज नेपालको तीनदिने औपचारिक भ्रमणका निम्ति राजधानी आइसक्नु भएको छ । उहाँलाई ‘मानार्थ महारथी (दर्जा) सम्मान’ दिने कार्यक्रम छ ।

योसँगै आजै भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालका नवनियुक्त परराष्ट्र सचिव भरतराज पौड्यालसँग आज बिहान भेट गर्नुभएको छ । राजदून क्वात्राले सचिव पौड्याललाई बधाई दिन आएको बताए पनि सचिव नियुक्ति भएको लामो समय वितिसक्दा आज परराष्ट्र सचिवलाई भेट्न जानुलाई अर्थपूर्ण मान्न सकिने परराष्ट्रविदहरुको भनाइ रहेको छ । सचिव पौड्यालसँगको भेट नेपाल र भारत बीचको सम्बन्ध र सहकार्यलाई बलियो र प्रभावकारी बनाउन महत्वपूर्ण हुने भारतीय राजदूत क्वात्राको भनाइ रहेको स्रोतले जनाएको छ ।