madhav kumar nepal 1.jpg

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताउनु भएको छ । काठमाडौँ शङ्खरापुरको जरसिंहपौवामा राजनेता एवम् विशिष्ट व्यक्तिहरुको शालिकसहितका पार्क बनाउने सम्बन्धमा भएको कार्यक्रममा नेता नेपालले पार्टी भित्रको अन्तरविवाद बारे टिप्पणी गर्न उपयुक्त समय नभएको जानकारी गराउनु भएको हो ।

नेकपा भित्रको विवाद र प्रधानमन्त्रीका रुपमा नाम अघि आएको बारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले ‘त्यस बिषयमा अहिले बोल्ने बेला भएको छैन । हामी अहिले अर्कै कामका लागि भेला भएका छौँ । यस्तो बेला विवादका विषयमा कुरा नगरौँ ’ भन्नुभएको हो । कार्यक्रममा सहभागी भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पार्टी विवादबारे नबोल्ने बताउनु भयो । नेता नेपालको विश्वास पात्रका रुपमा रहँदै आएका मन्त्री भट्टराईले विवादबारे बोल्न उपयुक्त नहुने उल्लेख गर्नुभयो । नेकपा भित्र अहिले पुनः आन्तरिक विवादले उग्र रुप लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबिच विवाद चुलिदैँ गएको छ ।