Dhanusha cort photo.jpeg

जनकपुर– धनुषा जिल्ला अदालतमा पत्रकार कुटपिटको अभियोगमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहसहित दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । मेयरको कार्यकक्षमा २०७६ पुष २२ गते पत्रकारहरु माथि कुटपिट भएको थियो । मेयरको कार्यकक्षमा पत्रकार कुटिएको विषयमा नेपाल पत्रकार महासंघ, धनुषका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टेलिभिजनका स्थानीय सहित तीन जना पत्रकारहरुले संयुक्त रुपमा जिल्ला अदालता मुद्दा दर्ता गराएका छन् । यसरी मुद्दा दर्ता गर्नेमा नेपाल पत्रकार महासंघ, धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टेलिभिजनका स्थानीय संवाददाता अमरकान्त ठाकुर र एपी वान टेलिभिजनका विकाश साह रहेका छन् । उनीहरुले मेयर साह र उपमहानगरपालिकाकै सवारी चालक गङ्गा मण्डलविरुद्ध जिल्ला अदालतमा गाली बेइजतिको विरुद्ध मुद्दा दायर गराएका हुन् ।

जानकी मन्दिरको पूmलबारीका विषयमा के भएको भनेर पत्रकारहरुले बुगत वर्ष पुष २२ गते यी तीन जना सञ्चारकर्मीहरुमाथि मेयर लालकिशोर साहकै कार्यकक्षमा कुटपिट भएको थियो । दर्ता गरिएको उक्त मुद्दामा मेयर साह र सवारी चालक मण्डल दोषि ठहरिएमा अभियुक्तद्वयलाई दुई वर्षको जेल सजाय वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।