Ministry-of-Health.jpg

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनामा आर.टी.– पीसीआर परीक्षण गर्दा आजसम्ममा उक्त सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । कुल सङ्क्रमितहरु मध्ये आजसम्म १ लाख ३४ हजार ८ सय ४२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् । यसरी कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किनेको प्रतिशत ७७ दशमलव ७ प्रतिशत रकेको छ ।

हालसम्म २१ दशमलव ८ प्रतिशत सक्रिय सङ्क्रमित रहेका छन् भने २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङख्या मध्ये ३२ प्रतिशत महिला र ६८ प्रतिशत पुरुष रहेका छन् । सङ्क्रमित महिलाको सङ्ख्या ५६ हजार ५ सय २३ र सङ्क्रमित हुने पुरुषको सङ्ख्या १ लाख १७ हजार ४४ जना रहेको स्वास्थ्य मन्त्रालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । यो सँगै हालसम्म मृत्युहुनेको सङ्ख्या ९ सय ६० पुगेको छ । कुल सङ्क्रमित मध्ये मृत्युहुनेको प्रतिशत शून्ना दशमलव ५ प्रतिशत रहेको छ । हालसम्म उपत्यकाका तीन जिल्लामा मध्ये काठमाडौंमा २ सय ३४ जना, भक्तपुरमा ६६ जना र ललितपुर जिल्लामा ६२ जना गरी कुल ३ सय ६२ जनाको मृत्यु भएको छ ।