covid23.jpg

काठमाडौं– आज देशभर २ हजार ८ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणका व्यक्तिहरु थपिएका छन् भने २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ भने कोरोना भाइरसको सङ्क्रमितको कुल सङख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ७ सय ६५ रहेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी गराउनु भएको हो ।