neb-nepal-examination-board-2076.jpg

काठमाडौं—मङ्सिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षको मोडेललाई अनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न निर्माणको तयारीे गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अङ्कलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्याङ्कनका लागि मात्र परीक्षा लिने भएको छ । बाँकी ४० प्रतिशत मूल्याङ्कनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ  र, २० प्रतिशत आन्तरिक मूल्याङ्कन हुने गरी कार्यविधि तयार गरिएको छ ।

अघिल्ला वर्षमा ८० पूर्णाङ्कको विषयमा समूह ‘क’मा चार प्रश्न सोधेर तीनवटा हल गर्न दिइन्थ्यो भने अहिले एउटा मात्र हल गर्न दिने व्यवस्था गरिदैँ छ । विगतमा जति लामो वा छोटो उत्तर आउने प्रश्न सोधिन्थ्यो, अहिले पनि त्यही शैलीमा प्रश्न तयार गरिँदै छ । तर, प्रश्नको सङ्ख्या भने घट्नेछन् । कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको परीक्षा समय घटाएर डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्याङ्कन गर्न लागिएको हो ।