kidnap.jpg

कोभिड १९ को सङ्क्रमणबाट तहसनहस बनेको शिक्षा क्षेत्रलाई निरन्तरता दिन वैकल्पिक सिकाईका लागि विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गएको मंगलबार अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ ।स्थानीय विद्यालयमा वैकल्पिक सिकाईका लागि हिँड्दै गरेका बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छन् ।