corona 222.jpg

देशभरका प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनामा गरिएको पीसीआर परिक्षणबाट कुल ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । योसँगै देशमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएको पहिलो हो । आज झण्डै दोब्बर सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित देखिएका हुन् । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमित हुनेको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज २ हजार ६ सय ७५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भै घर फर्किका छन् । यो सङख्यासँगै कोरोना कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको सङख्या ७१ हजार ३ सय ४३ जना पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोना भाइरसको सङ्क्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या ५ सय ९० पुगेको छ । आज पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । जस्मा काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।