dormani.jpg

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरसका सङ्क्रमण देखिएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेकोे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव सुमित्रा काफ्लेले बताएकी छन् ।

सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०र१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवार बाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताए । आफ्नो स्वकीय सचिव काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । मुख्यमन्त्री ज्यू विगतदेखि नै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आइरहनुभएको छ । विशेष काम बाहेक उहाँसँगको भेटघाटलाई भने न्यून पारिएको जनाएको छ ।