covid 22.jpg

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १२, उदयपुरका ३२, ओखलढुंगाका ४, खोटाङका ४, झापाका ५५, ताप्लेजुङका ६, तेह्रथुमका ३, धनकुटाका ३, पाँचथरका २, भोजपुरका ४, मोरङका २४९, सङ्खुवासभाका ३, सुनसरीका २ सय १४, सोलुखुम्बुका २ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।यसैगरी धनुषाका २८, पर्साका ११, बाराका १४, महोत्तरीका ७, रौतहटका १८, सप्तरीका २५, सर्लाहीका १४, सिरहाका ४८, काठमाडौँका २ हजार ८५, काभ्रेका २९, चितवनका ६९, दोलखाका १, धादिङका ७१, नुवाकोटका ३, भक्तपुरका १ सय ३५, मकवानपुरका १ सय ५, रामेछापका ५, ललितपुरका ३ सय २०, सिन्धुपाल्चोकका १३ र सिन्धुलीका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी कास्कीका १९, गोरखाका ११, तनहुँका १०, नवलपरासीपूर्वका २८, पर्वतका १, लमजुङका ३, बागलुङका १२, स्याङ्जाका १३, अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्यूठानका १, बर्दियाका १०, बाँकेका ५७, रुपन्देहीका १ सय ९९, रोल्पाका १, कालिकोटका ६, जुम्लाका ६, डोल्पाका ३, दैलेखका ४, रुकुमपश्चिमका ५, सल्यानका ४, सुर्खेतका १ सय ६, हुम्लाका ३, अछामका १०, कञ्चनपुरका २१, कैलालीका ७५, डडेल्धुराका १, डोटीका ७, बझाङका १ तथा बैतडीका १ जनामा सङ्ंक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।आज पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ । हाल ४ हजार ४ सय ६० जना क्वारेन्टिनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय ३५ जनाको आईसीयुमा र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही, सुर्खेतमा ५सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।